काठमाडौँ – नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । राजधानीको नयाँ बानेश्वरस्थित कार्की ब्यान्क्वेटमा केहीबेर अघि बैठक सुरु भएको हो ।
केन्द्रीय कमिटी बैठक बस्नुअघि कार्की ब्यान्क्वेटमै सचिवालय बैठक बसेको थियो । सचिवालय सकिएसँगै केही बेर अघिमात्रै केन्द्रीय कमिटी सुरु भएको हो ।
आजको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, निर्वाचनमुखी कार्ययोजनाका विषयमा छलफल गरिने बताइएको छ । पार्टीको निर्णयविरुद्ध असन्तुष्टि राख्दै लिखित निवेदन दिएका १० जनामध्ये ६ जनाले हस्ताक्षर फिर्ता गरिसकेका छन् ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिएका थिए ।एकीकृत समाजवादीका एक नेताकाअनुसार अन्य बाँकीलाई हस्ताक्षर फिर्ता गराउने तयारी भइरहेको छ । ‘
संसदीय समितिको बैठक माग गर्दै, प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा, निरा जैरु, कृष्णबहादुर श्रेष्ठ, कृष्णलाल महर्जनले लिखित निवेदन अध्यक्ष नेपालसमक्ष दिएका थिए ।


प्रतिक्रिया