Breaking

मन्त्रीकै लागि समाजवादीमा रडाको,पार्टी फुटको संकटमा,के गर्छन माधव?


काठमाडौँ — एमालेबाट अलग्गिएर जन्मिएको एकिकृत समाजवादीआन्तरिक विवादका कारण संकटमाछ ।मन्त्री हेरफेरलाई लिएर पार्टीभित्र बढ्दो अन्तरद्धन्दका कारण पार्टीविभाजनकै स्थितिमा पुगेको छ । एकिकृत समाजवादी पार्टीका अध्यक्षमाधवकुमार नेपालयतिबेलारुनु न हाँस्नुको अवस्थामाछन् । मुलुकको व्यवस्थाबचाउनभन्दै आफैले बनाएको पार्टी नेकपाएमाले त्यागेर नयाँ पार्टी नेकपाएकिकृत समाजवादीगठन गरेका उनलाई अहिलेयहि पार्टी निल्नुनओकल्नु बनेको छ ।

नेकपाएमालेबाट अलग्गिने बेलाहोस् या नयाँ पार्टी दर्ता गर्दा,हातै समाएर निर्वाचनआयोगसम्मडोहोर्याउने नेताहरु नै अहिले मन्त्रीमोहका कारण उनी विरुद्ध खनिनथालेका छन । मन्त्रीमण्डल गठनका बेला ६ महिनापछि फिर्ता बोलाउने निर्णय नै गरेर मन्त्री बनेकाहरु अहिले सरकारबाट फिर्ता हुनतयार छैनन् ।

२२ जेठ २०७९ मा पार्टीबाट सरकारमा सहभागीभएका ४ मन्त्रीहरुलाई फिर्ता बोलाउने सचिवालय बैठकको निर्णयकच्चाभएको भन्दै पार्टीले गरेको निर्णयविरुद्धमोर्चा नै बनाएर अध्यक्ष नेपाल विरुद्ध उभिएका छन । अर्कोतर्फ मन्त्रीबन्नपालो कुरेर बसेकाहरु पनियथासक्य चाँडो सपथ ग्रहण गराउनदवावदिईरहेका छन ।मन्त्री छोड्न नचाहने र मन्त्रीबन्ने पालोमा रहेकाहरुबीचको घम्साधम्सीका कारण पार्टी दुई धारमाविभाजित छ ।

अध्यक्ष नेपालले अहिले आफुहरु सम्हालीनु पर्ने नत्र संकट सृजनाहुने बताएका छन । पार्टीभित्रको बढ्दो असन्तुष्टिका कारण पार्टी नै विभाजनहुने त होइनशंका बढेको छ । तर नेताहरु पार्टीमाकुनै विवादनभएको दावी गर्छन । मन्त्री फेरबदलबारेको निर्णय छिट्टै कार्यान्वयनहुने नेताहरुको दावी छ । मन्त्री हेरफेरको विषयपार्टीमा सर्वसम्मत निर्णय भएको नेताहरुको दाबी छ ।

स्थानीयतहनिर्वाचन र बजेटको बहानामा गठबन्धनले मन्त्रीमण्डल हेरफेर नगर्दा गठबन्धनभित्र असन्तुष्टि बढ्दो छ । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीमण्डल हेरफेरमा ढिलाईगर्दा गठबन्धन र नेकपाएकीकृत समाजवादीबीचको दुरी बढिरहेको छ । अकोतर्फबामएकताको पक्षमाउभिएका नेताहरु र पूर्व एमालेहरुबीचको बढदो हिमचिमले पनिएकीकृत समाजवादीविवाद र विभाजने घेरामा पर्न थालेको छ ।