Breaking

मन्त्री हेरफेरको विषयलाई तत्काल टुंग्याउन दबाव


काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) को नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुंगो लगाउन दबाव दिएका हुन् ।

बैठकपछि पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बुधवार र बिहीवार गरी दुई दिन बसेको सचिवालय बैठकले शुक्रवार हुने पोलिटब्यूरो, शनिवार हुने केन्द्रिय कमिटी र असार १३ र १४ गते हुने केन्द्रिय परिषद्कोको बैठकका एजेण्डाका बारेमा छलफल गरेको बताउनु भयो ।