काठमाडौँ काठमाडौँको बूढानीलकण्ठमा एकजना महिला मृत फेला परेकी छन्।
बूढानीलकण्ठ नगरपालिका-८ भंगालस्थित निर्माणाधीन घरमा महिला मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
निर्माणको काम गर्ने ती महिला त्यही नगरपालिका-३ मा बस्दै आएकी ४१ वर्षीया फूलमाया सुनार हुन् ।
बुधबार निर्माणाधिन घरको भुइँ तलामा मृत अवस्थामा फेला परेको एसपी मैनालीले बताए । उनको हत्या भएको आशंका प्रहरीले गरेको छ । हत्याको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको छ । रिपोर्ट आउन बाँकी छ । प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताएका छन् ।


प्रतिक्रिया