Breaking

न्यायधीश-वकिल अडियो काण्ड, न्यायालय नै विचौलियाको कब्जामा (भिडियोसहित)


काठमाडौँ – बेला बेलामा सार्वजनिक हुने गरेका भ्रष्टाचार र अनियमितताका घटनाले न्यायालयको छवी गिर्दो छ । न्याय खरिद विक्रिमा न्यायधीसहरु नै संलग्न हुने गरेको तथा अदातलमा विचौलियाको चलखेल हुने गरेको पछिल्लो एक घटनाले समेत प्रष्ट पारेको छ ।

सहकारीको रकम हिनामिनाको कसुरमा पक्राउ परेका इच्छाराज तामाङलाई धरौटीमा छाड्नेबारे न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको वार्तालापको अडियोले अहिले न्यायीक क्षेत्रमा हलचल ल्याएको छ ।

सोमबार ’न्यूज २४ टीभी’बाट अडियो सार्वजनिक भएपछि कानुनी, राजनीतिक र नागरिक स्तरमा समेत यही विषय चर्चामा छ भने कतिपयले यो अनपेक्षित नभएको बताउने गरेका छन् । अदालत विचौलियाबाट चल्ने गरेको कुरा नयाँ नभएको बताउने उनीहरुले यसलाई थुन्चेले छोप्दा छोपिदै आएको र डोकोले छोप्दा देखिएको रुपमा मात्र बुझेका छन ।

अडियोमा हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पनि मुछिएका छन । उक्त प्रकरण मिलाउन जबरा सहयोगी बन्ने दाबी गरिएको छ । अडियो बाहिरिएसंगै न्याय परिषदको बैठक नै बसेको छ भने नेपाल बार एशोसिएशनले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

यस अडिओमाथि छानबिन गर्न न्यायपरिषद सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । यस्ता छानविन समिति नै दोशीलाई सफाइ दिने माध्यम बन्ने हुन् कि भन्ने आशंका पनि व्याप्त रहेको पाइन्छ ।