काठमनडौँ — सांसदहरुले बलात्कारीलाई मृत्यु दण्ड दिने गरी कानुन बनाउने विषयमा छलफल गरेका छन् । आज प्रतिनिधि सभा अन्र्तगतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरुले बलात्कारको घटना दिनप्रतिदिन बढिरहेको र पीडितले न्याय नपाउने गरेको उल्लेख गर्दै कडाभन्दा कडा कानूनी व्यवस्था हुनुपर्ने बताएका हुन् ।
बलात्कारका घटना दिनहुँ बढे सँगै सांसदहरुले कानुन परिवर्तनको विषय दर्विलो रुपमा पेस गर्न थालेका छन् । जसमा महिला संसदको बोली थप टड्कालो रुपमा सुनिन थालेको छ । बलात्कारका घटना दिनप्रतिदिन बढिरहेको र पीडितले न्याय नपाउने गरेको उनीहरुको निर्कर्ष छ । ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथि संशोधन हाल्ने सांसदहरुले बलात्कारको घटनामा कानूनी दायरालाई कडाइ गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।
दश वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिइनुपर्ने केहि सांसदको माग छ । कानून बनाएपनि कार्यान्वयन फितलो हुने गरेको भन्दै कानून कार्यान्वयन तर्न सरकारलाई समेत उनिहरुले दवाव दिएका छन् । केहि सांसदले भने विवाहपछि दाइजोको नाममा गरिने हिंसालाई पनि यौनजन्य हिंसाको रुपमा लिनुपर्ने माग गरिरहेका छन् । बलात्कारको घटनामा मिलापत्र गराउने लाई समेत सजाय दिन सांसदको माग छ । बलात्कार पीडित नाबालिकाको हकमा १८ वर्ष पुगेपछि कम्तिमा ५ वर्षसम्म उजुरी दिन सकिने व्यवस्था गर्नुपर्ने समेत सांसदहरुको धारणा छ ।
बलात्कारको विषयलाई वर्गिकरण गरेर हेर्नुपर्ने कतिपयले माग गर्दे आएका छन् । पहिल्लो समय दिन प्रतिदिन बलात्कारका घटना निरन्तर बढ्न थाले पछि यसको बहस चौतर्फी रुपमा हुदै आएको छ । सोही सन्धर्वमा प्रतिनिधि सभा अन्र्तगतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा पनि सांसदले बलात्कारीलाई मृत्युदण्ड दिनु पनि माग गरेका छन् ।


प्रतिक्रिया