काठमाडौँ — अफगानिस्तानमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्याएको छ । ६.१ रेक्टर स्केलको भूकम्पका कारण हजारौंको ज्यान गएको छ । त्यस्तै, पाकिस्तानमा अफगानिस्तानसँग जोडिएका धेरै क्षेत्रमा भुकम्पको असर परेको छ । त्यहाँ पनि जनधनको क्षती भएको विवरण आइरहेका छन् । अफगानिस्तानमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति गरेको छ । अफगानिस्तानमा ६.१ रेक्टर स्केलको भूकम्पमा परी कम्तीमा एक हजार जनाको मृत्यु भएको बताइएको छ ।
पाकिस्तानमा पनि अफगानिस्तानसँग जोडिएका धेरै क्षेत्रमा विनाश भएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणको रिपोर्ट अनुसार यस भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट ४४ किलोमिटर टाढा थियो । अफगानिस्तानको समाचार एजेन्सी बख्तरले भुकम्पका कारण हजारौ नागरीकको विल्लीवाठ भएको जनाएको छ । उद्धारकर्ताहरू हेलिकप्टरबाट उक्त क्षेत्रमा पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तालिबान सरकारका उपप्रवक्ता बिलाल करीमीले पाक्टिका प्रान्तका ४ जिल्लामा शक्तिशाली भूकम्प गएको जनाएका छन ।
सयौंको ज्यान गएको छ भने हजारौ घर ध्वस्त भएको उनले जनाएका छन् । उपप्रवक्ता करीमीले सहायता गर्न अन्तर्राष्ट्रिय एजेन्सीहरूलाई आग्रह गरेका छन् । अफगान मिडियाका अनुसार खोस्तमा भारी विनाशका तस्बिरहरू बाहिर आइरहेका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पनि एक जनाको मृत्यु भएको समाचार छ । भूकम्पका कारण घरको छानो भत्किँदा उक्त व्यक्तिको मृत्यु भएको बताइएको छ । पाकिस्तानी समय अनुसार बिहान १ बजेर ५४ मिनेटमा भूकम्प गएको हो ।
पाकिस्तानको पेशावर, इस्लामाबाद, लाहोर र पञ्जाब र खैबर पख्तुनख्वा प्रान्तका अन्य भाग र भारतसम्म भूकम्पको धक्का महसुस गरिएको थियो । अफगान क्षेत्रबाट आएका तस्बिरहरूले भूकम्पका कारण धेरै क्षेत्रहरू ध्वस्त भएको देखिन्छ । युरोपेली भूकम्प केन्द्रले करिब ५०० किलोमिटर क्षेत्रमा भूकम्पको धक्का महसुस गरेको अनुमान गरेको छ । भूकम्पको धक्का महसुस भएपछि मानिसहरु त्रसित भएर सडकमा निस्किएका थिए । यसअघि शुक्रबार पाकिस्तानका धेरै सहरमा ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।


प्रतिक्रिया