काठमाडौँ — टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपालमा फाईनलमा पुगेका टिम (रोजरिङ) सरोज प्रजा र छिरिङ शेर्पाले देश विदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपालीहरुमा भोटको अपिल गरेका छन् । हिमालय टिभिबाट प्रसारण हुने रियालिटी शो मा आफुहरुको संग्रस र भगवानरुपी दर्शकको मायाले फाईनलमा पुगेको टिम रोजरिङको भनाई छ ।
फाइनलमा दर्शकको भोट नै शतप्रतिशत मान्य हुने भएकाले खल्ति एप डाउनलोड गरि टिम रोजरिङलाई सहयोग गरि विजेता बनाउन आग्रह गरेका छन् । यो शो भने असार १० गते ग्रान्ड फिनाले हुँदैछ । उक्त शो मा विजेता भए आफ्नो समुदायको पहिलो डान्सिङ स्टार हुने रोजरिङ टिमको भनाई छ ।
यता छिरिङ शेर्पा मिस्टर एण्ड मिस टिन शेर्पाकी आयोजक पनि हुन् । शेर्पा भाषाको चलचित्र, म्युजिक भिडियो तथा अन्य विभिन्न साँस्कृतिक कलाहरुमा चर्चा कमाएकी छिरिङले नेपाली म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् । मिस ईण्डीजिनियस हेरिटेज नेपाल २०१६ जितेकी छिरिङले मिस टिनेजर ईन्टरनेशनल नेपाल २०१५ मा मिस ट्यालेन्टको उपाधी पनि जितेकी थिईन् ।
त्यस्तै डान्सर तथा कोरियोग्राफर सरोज प्रजा डान्सिङ रियालिटी शो ‘छमछमी सिजन ३’ का विजेता बनेदेखि सरोज चर्चामा छन् । उनी अहिले विभिन्न म्युजिक भिडियोहरुमा पनि सक्रिय छन् । उनले अभिनय गरेका कयौँ म्युजिक भिडियोहरु चर्चित समेत बनेका छन् ।


प्रतिक्रिया