काठमाडौँ — नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवा बाग्लुङको बलेवास्थित द क्लिफ प्रालिको रिसोर्टको स्काई क्याफे पुगेकी छिन् ।

कालीगण्डकी नदीको खोँचमाथि करिब २५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर निर्माण गरिएको स्काई क्याफेमा आरजुले रोमाञ्चकताका साथसाथै चियापान गरेकी हुन् । उनीसँग नेपाली काँग्रेसका नेता अर्जुन जोशी लगायतका कार्यकर्ताहरु समेत सहभागी भएका छन् ।


प्रतिक्रिया