काठमाडौँ — हालै पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ दल दर्ता गर्ने प्रक्रिया सुरू गरेका छन् ।
गंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा घोषणा सभा राखेर उनले आफूले खोल्ने दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी हुने बताउनुभयो । पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरिएको छ । पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा अघि बढाउने बताएको छ । सभागृहको घोषणा सभापछि लामिछानेसहितका समर्थकले कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर दल दर्ताको निवेदन दिएका छन् ।


प्रतिक्रिया