Breaking

सरकारकै संरक्षणमा अनियन्त्रित र अराजक बजार, महँगीको महामारी कहिले होला अन्त्य ?


काठमाडौँ — पछिल्लो समय बजार भाउ अनियन्त्रित बन्दै गएको छ । बजार थप अराजक बन्दा नागरिकको भान्छा थप महंगिएको छ । हुँदाखाने मात्र होइन हुनेखानेलाई समेत निरन्तर उकालो लागिरहेको बजार भाउले सताउन थालेको छ । वैशाख यता मात्र सरकारले पेट्रोलियम पदार्थको मुल्य तेस्रो पटक वृद्धि गरेको छ । सोमवारदेखि बजारमा पेट्रोलको मुल्य १ सय ९९ पुगेको छ । डिजेल मट्टितेल प्रतिलिटर १ सय ९३ पुगेको छ । यो अहिलेसम्मकै महंगो हो ।

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको प्रत्यक्ष असर बजार हुँदै नागरिकको भान्छामा पुगेको छ । हुनेखाने परिवारलाई नै मंहगीको त्रासले सताउन थालेको छ भने हुँदा खाने, दैनिक ज्याला मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्ने सर्वसाधरणको पीडा सुनि साध्य छैन । विहान बेलुका हातमुख जोड्नै थप कष्टकर हुँदै गएको छ । केन्द्रिय बैकको तथ्याङक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा झन्डै ८ प्रतिशतको मुल्यवृद्धि भएको छ ।

तर बजारको वेथिति र नागरिकको पीडा सुन्ने फुर्सद सरकारलाई कहाँ छ र ? सरकार मुखदशक छ । यता दिनभरी मेहिनत गरेर विहान बेलुका जसोतसो जीवन धानिरहेका छन । नागरिकको पिडामा निरिह सरकारसँग कुनै अपेक्षा छैन ।

महंगीप्रति किन मौन सरकार ? सरकारसँग सर्वसाधरण,वुद्धिजिवि नागरिक समाज सबैको प्रश्न छ । तर सरकारलाई न त सर्वसाधरणको पीडाले छुन सकेको छ न त प्रश्नले झकझकाएकै छ । सरकार त बस आफ्नो दुनो सोझ्याउन व्यस्त छ । सरकार आफै विचौलीय र बजारभित्रको वेथितिको संरक्षक हुँदा यो अवस्था आएको कतिपयको विश्लेषण छ । नागरिक स्तरबाट विद्रोह सुरु भइसकेकोले सरकारको यो रवैया धेरै लामो समय नेटिक्ने कतिपयको बुझाइ छ ।

बजारमा हरेक वस्तुको मुल्यवृद्धि अपत्यारिलो ढंगले उकालो लागिरहेको छ । दिनप्रतिदिन बढ्दो मृल्यवृद्धिका कारण नागरिकको भान्छा महंगीको चपेटामा छ । तर सरकार भने पेट्रोलियम पदार्थको मूल्य आफ्नो नियन्त्रणमा नरहेको भन्दै अन्य बस्तुको मूल्यवृद्धिमा समेत आँखा चिम्लिने काम गरिरहेको छ ।