काठमाडौँ — कुनै वेला व्यवस्था परिवर्तनमा समेत महत्वपूर्ण भूमिका खेल्ने गरेका विद्यार्थी संगठनहरुको आन्दोलन पछिल्लो समय पद प्राप्तीको आधार मात्र बनेको छ । पार्टी नेतृत्वको पछुवा बन्ने र टिको लाएर पदमा पुग्ने प्रवृत्ती बढ्दा महगी र मुल्यवृद्धि विरुद्धमा आन्दोलनमा समेत उनीहरुको उपस्थिती फितलो देखिन थालेको छ ।
किन फिलतो बन्दै छ त मुल्यवृद्धि विरुद्धको विद्यार्थी आन्दोलन ? पार्टीको नर्सरी र सचेत युवाको राजनीतिक थलोका रुपमा चिनिले विद्यार्थी संगठनहरु पछिल्लो समय नेताको चाकरी भन्दा माथि उठ्न सकेका छैनन् । आफ्ना नेता विरुद्धको कुरालाई ढाकछोप गर्ने र उनीहरुकै आर्शिबादमा पदमा पुग्ने उनीहरुका लागि विद्यार्थीका मुद्धाहरु भने वेवास्ताको विषय बनेका छन ।
जसको दृश्य महंगी र जनजीविकाका सवालमा समेत देखिन थालेको छ । पेट्रोलियम पदार्थमा उच्च अंकको मूल्यवृद्धि हुँदा समेत विद्यार्थी संगठन मौन जस्तै छन् । जनताको ढाड सेकिने गरी पटक–पटक मूल्यवृद्धि भइरहँदा यसविरुद्ध सशक्त ढंगले आवाज उठाउने उनीहरु शशक्त रुपमा बाहिर आउन सकेका छ्रैनन् । विगतमा इन्धनको मूल्य एक रुपैयाँ बढ्दा आन्दोलन गरी फिर्ता लिन दबाब दिन सक्न विद्यार्थी संगठनहरु अचेल सडकमा देखिन छाडेका हुन ।
यहि अवस्था पछिल्लो पटक बढेको पेट्रोलियम पदार्थको मुल्यको विषयमा समेत देखिएको छ । सोमबारबाट लागु हुने गरी पेट्रोलियम पदार्थमा एकैचोटि २७ रुपैया मुल्यवृद्धि हुँदाँ समेत कोहि पदभार ग्रहणमा व्यस्त छन भने कोहि कर्मकाण्डी विज्ञप्ती निकालेर बसेका छन । सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठनका अध्यक्ष दुजाङ शेर्पा विगतमा पनि पटक पटक मूल्यवृद्धि भएपछि नेविसंघको नेतृत्वमा १५ विद्यार्थी संगठनले सडक सङ्घर्ष गरेकोले धेरैपछि मूल्यवृद्धि घट्ने काम भएको बताउछन ।
यता माओवादीको भातृ संगठन अनेरास्ववियू क्रान्तीकारीका पूर्वअध्यक्ष रन्जित तामाङ भने स्वचालित मुल्य प्रणालीका कारण मृल्यवृद्धि विरुद्ध विद्यार्थी सडकमा आउन छाडेको बताउछन । तर कुनै समय उनले नै नेतृत्व गरेको संगठन भित्र अहिले विवाद व्याप्त छ । असोजमा राष्ट्रिय सम्मेलन भएदेखि नै विवादमा अल्झिएको अनेरास्ववियू क्रान्तीकारी भित्र उपाध्यक्ष पवन कार्कीले समानान्तर केन्द्रीय समिति बनाउने चेतावनी नै दिएका छन ।
आफैभित्र विवादले डेरा जमाएको संगठनबाट निर्णायक आन्दोलन आशा गर्नु नै वेकार बन्दै गएको छ । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विद्यार्थी नेताहरु भने आफ्नो संगठन मूल्यवृद्धिमा मौन नरहेको उनीहरुले दावी गर्न छाडेका छैनन् । विगतमा घटेको मुल्यको जस लिने होडमा रहेका उनीहरु आफ्नै सङ्घर्षका कारण सरकारले पेट्रोलियम पदार्थको करमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको दावी मै चित्त बुझाई रहेका छन ।
आफ्नो संगठनले मूल्यवृद्धिको विरुद्धमा विज्ञप्ति निकालेको र अब निर्णायक आन्दोलन हुने उनीहरुको भनाई छ । आन्दोलनमा गएका उनीहरुले मुल्यवृद्धि खारेज नभए सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिदै आएका थिए ।
हुन त विद्यार्थी संगठनले अहिले पनि कर्मकाण्डीसम्म भए पनि विरोध नै गर्न छोडेका भने छैनन् । तर विद्यार्थी आन्दोलन सधै प्रतिपक्षी हुनुपर्ने सिद्धान्त भने उनीहरुले छाडेका छन । पदाधिकारी चयन देखि विभिन्न अवसरमा माउ पार्टीको नेतृत्वको ठाडो हस्तक्षेपले उनीहरु नेतृत्वकै आदेशप्रति बफादार हुने गरेका छन् ।


प्रतिक्रिया