Breaking

अहिले भएका कुनै पनि दलमा प्रवेश गर्दिनँ: रवि लामिछाने

योहो संवाददाता

काठमाडौँ — रवि लामिछाने आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गरेका छन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले आफू ठूलो काम गर्न नभई आम मान्छेका ससाना समस्या समाधानका लागि राजनीतिमा लागेको स्पष्ट पारे । उनले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा पनि गरे ।

लामिछानेले आम नागिरकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताए । आफू भएका दलहरुवले नागरिकको आशा विपरीत काम गरेको, जनमत गुमाउँदा पनि एउटाले अर्कोसँग, अर्कोले अर्कोसँग गठबन्धन गरेर सत्तामा रहने प्रपञ्च गरिरहेको आरोप उनले लगाए ।