काठमाडौँ – प्रस्तावित अमेरिकी ‘स्टेट पार्टनरसिप’ प्रोग्राम ‘एसपीपी’को विषयले सत्तारुढ पाँच दलीय गठबन्धनमा फेरि दोहोरो मत देखिएको छ ।
(एसपीपी)ले नेपाललाई गरेको प्रस्ताव सम्झौतामा हस्ताक्षरको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनभित्र तीव्र विवाद देखिएको हो । जसमा प्रधानमन्त्री देउवा चुपचाप छन भने अन्य घटक दलका नेताहरु विरुद्धमा देखिएका छन ।
अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)ले कुटनितिक र राजनीति क्षेत्रमा तरंग देखिदाँ त्यसको प्रभाव सत्ता गठबन्धनमा पनि देखिएको छ । विशेषत प्रधानमन्त्री शेरबहादुर देउवा यसमा मौन देखिँदा अन्य दलहरु भने यसको विरुद्धमा देखिएका छन ।
सदनमै पनि सत्ताघटककै सांसदहरुले समेत एसपीपी पास गर्न नहुने पक्षमा आवाज उठाएका छन । नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देव (एसपीपी) सम्झौता गरिए राष्ट्रघात हुने र नेपाली सेना आइपिएसको अंग बन्न जाने अभिव्यक्ती दिएका छन ।
नेपालको राष्ट्रिय स्वाधिनतामाथि ठुलो समस्या पैदा गर्ने बताएका उनले सरकारले त्यसप्रकारको सन्धी, सम्झौता नगर्नेमा बताँउदै आएका छन । यतै प्रधानमन्त्री देउवासँग उनकै पार्टी नेपाली काँग्रेसकै महामन्त्रीले पनि जवाफ मागेका छन् । बुधबार प्रतिनिधिसभामा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारेमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन भने मंगलबार पनि महामन्त्री थापा र विश्वप्रकाश शर्माले देउवालाई भेटेर (एसपिपी) बारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गरेर एसपिपी सधैंका लागि बन्द गर्न आग्रह गरेका छन् । । यता प्रनिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्धन समितिमा पनि यो विषय उठेको छ । समितिमा स्टेट पार्टनरशीप प्रोग्रामको दिशातर्फ गएमा नेपाल अमेरिकी सेनाको अखडा हुने सदस्यहरुको टिप्पणीका वीच डा.भीम रावलले स्टेट पार्टनरसिप प्रोगाममा नेपालले हस्ताक्षर गरिसकेको र अब नेपालले कुनै सम्झौता नै गर्नपर्दैन भनेर जबरजस्ती गर्ने भाषामा आएको बताएका छन । यसै सन्दर्भमा योहो टेलिभिजनको योहो बहस कार्यक्रम नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुंगानासँग गरिएको कुराकानी ः


प्रतिक्रिया