Breaking

थप अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्छ : अध्यक्ष यादव


काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धिको संस्थागत गर्दै थप अधिकारका लागि संघर्ष गर्नुपर्ने बताएका छन् ।

जनकपुरधाममा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मधेस आन्दोलनबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी लगायतका उपलब्धिलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि अझै संघर्ष गर्नुपर्ने बताए ।

‘मधेसी समुदायले पूर्णरूपमा अधिकार प्राप्त गर्न सकेको छैन, त्यसैले अधिकार प्राप्तिका लागि अझै संघर्ष गर्नुपर्छु अध्यक्ष यादवले भने ।

‘समानता र सामाजिक न्यायका लागि राजनीतिक संघर्ष र आर्थिक समृद्धि र विकासका लागि चुनावी संघर्ष गर्नुपर्छ ।’ चुनावको माध्यमबाट शक्ति आर्जन गर्ने र त्यसपछि विकास र समृद्धिको दिशामा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

‘अहिलेको सङ्घीयता अपाङ्ग छ,​सङ्घीयतामा प्रदेश सरकार स्वायत्त हुन्छ, तर अहिले प्रदेश सरकार स्वायत्त छैन, अधिकांश अधिकार केन्द्रीय सरकारसँगै छु अध्यक्ष यादवले भने ।

जनसङ्ख्याका आधारमा संसदीय निर्वाचन क्षेत्र पुनः निर्धारण माग गर्दै अध्यक्ष यादवले जनगणनाअनुसार तराई मधेसको जनसङ्ख्या ५३ प्रतिशत पुगेकाले सोही अनुपातमा तराई मधेसका जिल्लामा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने बताए ।