Breaking

एसपीपी पास गराउने दाउमा देउवा ! किन जाँदैछन् अमेरिका ? किन दिदैनन् संसदमा जवाफ ?


काठमाडौँ — प्रस्तावित अमेरिकीस्टेट पार्टनरसिप प्रोग्राम एसपीपीपको विषयले सत्तारुढ पाँच दलीय गठबन्धनमा फेरि दोहोरो मत देखिएको छ । (एसपीपी)ले नेपाललाई गरेको प्रस्ताव सम्झौतामा हस्ताक्षरको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनभित्र तीव्र विवाद देखिएको हो । जसमा प्रधानमन्त्री देउवा चुपचाप छन भने अन्य घटक दलका नेताहरु विरुद्धमा देखिएका छन । अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)ले कुटनितिक र राजनीति क्षेत्रमा तरंग देखिदाँ त्यसको प्रभाव सत्ता गठबन्धनमा पनि देखिएको छ ।

विशेषत प्रधानमन्त्री शेरबहादुर देउवा यसमा मौन देखिँदा अन्य दलहरु भने यसको विरुद्धमा देखिएका छन । सदनमै पनि सत्ताघटककै सांसदहरुले समेत एसपीपी पास गर्न नहुने पक्षमा आवाज उठाएका छन । नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देव (एसपीपी) सम्झौता गरिए राष्ट्रघात हुने र नेपाली सेना आइपिएसको अंग बन्न जाने अभिव्यक्ती दिएका छन । नेपालको राष्ट्रिय स्वाधिनतामाथि ठुलो समस्या पैदा गर्ने बताएका उनले सरकारले त्यसप्रकारको सन्धी, सम्झौता नगर्नेमा बताँउदै आएका छन । यतै प्रधानमन्त्री देउवासँग उनकै पार्टी नेपाली काँग्रेसकै महामन्त्रीले पनि जवाफ मागेका छन् ।

बुधबार प्रतिनिधिसभामा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकासँग गर्न लागेको भनिएको एसपीपी सम्झौताबारेमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन भने मंगलबार पनि महामन्त्री थापा र विश्वप्रकाश शर्माले देउवालाई भेटेर (एसपिपी) बारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि छलफल गरेर एसपिपी सधैंका लागि बन्द गर्न आग्रह गरेका छन्।यता प्रनिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्धन समितिमा पनि यो विषय उठेको छ ।

समितिमा स्टेट पार्टनरशीप प्रोग्रामको दिशातर्फ गएमा नेपाल अमेरिकी सेनाको अखडा हुने सदस्यहरुको टिप्पणीका वीच डा.भीम रावलले स्टेट पार्टनरसिप प्रोगाममा नेपालले हस्ताक्षर गरिसकेको र अब नेपालले कुनै सम्झौता नै गर्नपर्दैन भनेर जबरजस्ती गर्ने भाषामा आएको बताएका छन । यसबारे प्रष्ट पार्न बारम्बार प्रधानमन्त्री देउवासंग आग्रह गरेका उनले प्रधानमन्त्रीले नेपाली जनतालाई संविधानको धारा ५१ अनुसार २७९ बमोजिम नेपालले अनुसरण गर्दै आएको स्वाधिन परराष्ट्र नीतिको अनुशरण गर्नेछु, अमेरिकाले भनेपनि म स्वीकार गर्दिनँ, म मान्दिनँ भनेर स्पष्ट भन्नुपर्ने माग राख्दै आएका छन ।

एसपीपीका विषयमा सेनाले आफ्नो धारणा प्रष्ट पारिसक्दा गठबन्धनकै अन्य नेताहरुले पनि यो पास नहुने बताईसकेका छन । त्यस्तै स्वयम परराष्ट्रमन्त्री डा.नारायण खड्काले समेत यसको च्याप्टर नै क्लोज भइसकेको बताईसकेका छन । नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि उनले प्रष्ट पारेका छन् । एसपीपी नेपालको हितमा नरहेको र गृहमन्त्रीले आफ्नो धारणा राखिसकेकोले अब एसपीपीलाई धेरै उचाल्न आवश्यक नभएको उनको भनाई थियो । तर पनि देउवाले संसद छल्न गरेको प्रपन्चले भने आशंका जन्माएको छ ।

यहिवीचमा उनको अमेरिका भ्रमणलाई पनि शंकाको नजरले हेर्दै सांसदहरुले भ्रमणका बारेमा प्रष्ट पार्नु पर्ने माग गरेका छन । विगतमा पनि एमसीसीमा अन्य घटकको सहमतीको बाबजुद पनि देउवाले पेलेरै पास गरेको उदाहरणले पनि धेरैलाई झस्काएको छ ।प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका बेला कुनै सम्झौता हुने हो कि भन्ने भय सत्ता गठबन्धनका अन्य दलमा छ । फलत : एसपीपीबारे श्वेतपत्र जारी गर्न माओवादी, एकीकृत समाजवादी र जसपाले दवाव समेत दिएका छन । यसअघि एमसीसीको विषयमा पनि सदन र सडक दुवै तातिएको थियो । तर एमसीसीको विपक्षमा देखिकाहरु नै अन्तत ः सत्ता गुमाउनुपर्ने चिन्ताले पास गर्न बाध्य भएका थिए । अहिले एमपीपीको विषयमा पनि आरोपप्रत्यारोपले वास्तविक विषय ओझेल पर्न थालेको छ । जसमा प्रधानमन्त्रीकै मौनता रहस्यपूर्ण बन्दै गएको छ ।