काठमाडौँ — अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सम्झौता हस्ताक्षरका लागि अमेरिकाले गरेको ताकेताले पछिल्लो दिन नेपालको राजनीति तातेको छ। यहीबेला संसदमा प्रधानमन्त्री र रक्षामन्त्रीको खोजी भइरहेको छ। तर, प्रधानमन्त्री देउवा संसदलाई छल्न खोजिरहेका छन्। आइतबार ९५ असार विहान १० बजे प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिले प्रधानमन्त्री देउवालाई बोलायो।
एसपीपी मस्यौदा प्रस्तावमा नेपाली सेना र नेपाल सरकारलाई हस्ताक्षर गर्न अमेरिकी सेनाले गरेको ताकेता, नेपालको परराष्ट्र नीति कार्यान्वयन र निकट भविष्यमा हुन गइरहेको प्रधानमन्त्रीको अमेरिकाको भ्रमणबारे जानकारी दिन समितिले प्रधानमन्त्री देउवालाई शनिबार नै ४ असार बोलाएको थियो। उनले आउँछु पनि भने। तर, गएनन्। बरु त्यही समयमा बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासँग संवादमा जुटे।
समितिको कार्यालय सिंहदरबारमा समिति सदस्यहरु प्रधानमन्त्रीलाई कुरिरहेका थिए। उता बालुवाटारमा देउवा आफ्नो अमेरिका भ्रमणलाई दलीय अनुमोदन गराउँदै थिए। प्रधानमन्त्री(रक्षामन्त्री उपस्थित नभएको बैठकले फेरि देउवालाई जवाफ दिन बोलाउने निर्णय गरी नसक्दै शीर्षदलमा सहमति जुटाए–कुनै सम्झौता नगर्ने तर, अमेरिका भ्रमण गर्ने। अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हल सिंहदरबारमा प्रधानमन्त्रीलाई कुरिरहेका समिति सदस्यहरु असन्तुष्ट बन्न थाले। एमालेका सांसद भीम रावलले संविधानको प्रस्तावनाको अवज्ञा गरेको आरोप लगाए।


प्रतिक्रिया