Breaking

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा भाँडभैलो मच्चियो, ‘प्रचण्डको हस्तक्षेपले अराजकता निम्तिएको तर्क


काठमाडौँ — नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा भाँडभैलो मच्चिएको छ । संगठनलाई विधि विधानमा नचलाएको भन्दै तत्कालीन सचिव पवन कार्की पक्षले समानान्तर कमिटी चलाउने चेतावनी दिएको छ । अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनबाट विद्यार्थी नेताहरुले चुनावी प्रतिस्पर्धाबाट नेतृत्वमा आउनुपर्ने माग राखेका थिए । तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तक्षेप गरेर अध्यक्षसहित पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मत टुङ्गो लगाउन निर्देशन दिएपछि संगठनमा अराजकता निम्तिएको विद्यार्थी नेताहरु बताउँछन् ।

अखिल क्रान्तिकारीको नेतृत्वमा पञ्चा सिंहलाई ल्याएर अध्यक्षका अन्य दाबेदारलाई पार्टी केन्द्रीय समितिमा समेट्ने बचन दिएर त्यतिबेलाको विवाद शान्त बनाइएको थियो । अध्यक्षका दाबेदार पार्टी केन्द्रीय समितिमा समेटेर शान्त भए पनि संगठनका पदाधिकारी र केन्द्रीय समितिमा समेटिएकाले संगठनमा भाँडभैलो मच्चाएका छन् । पदाधिकारीसहित केन्द्रीय समिति सर्वसम्मत रुपमा चयन गर्ने भनिए पनि संगठनलाई विधि र पद्धति विपरीत भद्दा र अनावश्यक ठुलो बनाएपछि तत्कालीन सचिव कार्की पक्षले लगातार विरोध गर्दै आएका छन् । हामीले चुनावबाटै पदाधिकारी र केन्द्रीय समिति चयन हुनुपर्छ भन्ने माग राखेका थियौं । अन्त्यमा पञ्चा सिंह अध्यक्षमा चयन हुनुभयो । अरु पदाधिकारी सहमतिमा घोषणा गर्ने भनेर २२ औं सम्मेलन सकियो,’ कार्कीले भने, ‘कोरोनालाई देखाएर वैशाख ५ गते बसेको जुम बैठकबाट एकै पटक ४१ पदाधिकारीको नाम पढेर घोषणा गरियो ।