काठमाडौँ — पाकिस्तानका चर्चित टेलिभिजन प्रस्तोता तथा सांसद दिवंगत आमिर लियाकतको जीवन जति विवादमा रह्यो, उनको मृत्यु पनि त्यति नै चर्चामा छ । लियाकतको मृत्युबारे विभिन्न प्रकारको अनुमान गरिँदैछ । अब पाकिस्तानको एक अदालतले आमिर लियाकतको शवको पोस्टमार्टम गराउन आदेश दिएको छ ।
यसका लागि लियाकतको शव समाधिस्थलबाट बाहिर निकालिनेछ । अघिल्लो हप्ता न्यायिक मजिस्ट्रेटले अब्दुल अहद नामका एक व्यक्तिको याचिकामाथि आदेश जारी गरेका थिए । याचिकामा आमिर लियाकतको मृत्युको कारणबारे पत्ता लगाउनका लागि उनको शवको पोस्टमार्टमलाई अनिवार्य गरियोस् भन्ने लेखिएको थियो ।
त्यसपछि अदालतले आमिर लियाकतको पोस्टमार्टम गर्ने आदेश दियो । अदालतको यो निर्णयको असाध्यै धेरै आलोचना भइरहेको छ । थुप्रै पाकिस्तानी सेलिब्रिटीले यसको विरोध गरिरहेका छन् । एजेन्सी


प्रतिक्रिया