काठमाडौँ — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यसर्थ, आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँ बढेको हो । सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया