काठमाडौँ — संस्कृति भनेको समाजको सोच, विचार, काम गर्ने प्रकृति आदिमा निहित हुन्छ। प्रकृतिको मूल अवस्थाबाट संस्कार गरिएको मानवीय व्यवहार संस्कृति हो भने प्रकृतिलाई अपचलन गरिएको वा विचलित भएपछिको स्थितिलाई विकृति भनिन्छ।
संस्कृति भनेको प्राकृतिक वस्तु होइन। यो त सिक्ने वा आर्जन गर्ने वस्तु हो। संस्कृतिमा मानिसले जन्म वा वंशानुगत रूपमा प्राप्त हुने निश्चित व्यवहारहरू हुन्छन् भने व्यक्तिले आफ्ना पूर्वजहरूबाट सामाजिक व्यवहारहरू उत्तराधिकारका रुपमा प्राप्त गर्दछ।


प्रतिक्रिया