Breaking

समयमै चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँड गर्नुपर्छ : नेपाल


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समयमै चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँड गर्नुपर्ने बताएका छन् । चुनावको मिति घोषणा नभएपनि सत्ता गठबन्धनभित्र आगामी कात्तिक मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको विषयलाई लिएर चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँट गर्नुपर्ने आवाज उठेको हो ।

खासगरी सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवासँग यसबारे भेटेर चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँटमा ढिला गर्नु नहुने बताएका हुन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धनका शीर्ष नेताबीचको छलफलमा तालमेलको मोडालिटी र सिट बाँडफाँडबारे कुराकानीको सुरुवात भएको बताए । उनले गत स्थानीय निर्वाचनको पाठ सिकेर गठबन्धनले सिट बाँडफाँडमा ढिलाइ गर्न नहुने अध्यक्ष नेपालको भनाइ छ ।