काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने विश्वास दिलाएको बताएका छन् । आज आइतबार विभिन्न सञ्चार माध्यमको सम्पादकसँगको छलफलमा उनले प्रधानमन्त्रीले आफूहरुसँगको छलफलमा राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको जानकारी दिए । प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुने छैन’ उनले भने, यति क्याटागोरीकल्ली बोलिसकेपछि, गृहमन्त्रीले पनि संसदमा बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन ।
अध्यक्ष नेपालले यसका बाबजुद जनतालाई पनि सजग गराइरहनुपर्ने बताए । अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी स्वीकारको विषयलाई लिएर अहिले विवाद भइरहेको छ । अध्यक्ष नेपालले एसपीपी फिर्ता लिने वा नलिने विषयमा सत्तारुढ गठबन्धनमा विस्तृतमा छलफल नभएको बताए । तर नेपाली सेनाले एसपीपीमा सहभागिताको विषयमा अमेरिकी दूवातासलाई लेखेको पत्र ठीक थियो कि थिएन भन्ने विषयमा छलफल गर्नुपर्ने उनले बताए ।


प्रतिक्रिया