काठमाडौँ — प्रमुख प्रतिपक्ष दल एमालेका सांसद प्रदीप ज्ञवालीले महाअभियोग समितिलाई काम गर्न नदिएको भन्दै आपत्ति जनाउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाअभियोग लगाएर त्यसपछि कुनै काम कारबाही अघि नबढाएपछि ज्ञवालीले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
प्रतिनिधिसभाले सो समितिलाई अझै पनि औपचारिक रूपमा छानबिन गर्न आदेश नदिएपछि ज्ञवालीले संसदीय समितिको बैठकमा प्रश्न उठाउनुभएको हो । प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव पाँच महिनादेखि संसद्मा अलपत्र छ भने यसबारे सत्तारुढ दलले पनि केही धारणा सार्वजनिक गरेको छैन ।


प्रतिक्रिया