काठमाडौँ — भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट जनताले स्थानीय सरकार चुनेका छन । विकास निर्माण र सेवा प्रवाहलाई लिएर जनप्रतिनिधिप्रति आम मतदातको अपेक्षा तीव्र छ । एकाध बाहेक वितेको पाँच वर्षमा भ्रष्टचार र विलासितामा अल्झिएका जनप्रतिनिधिले नागरिकको अथाह अपेक्षा पूरा गर्लान् ?
स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार मात्र होइन अभिभावक पनि हो । तर वितेको पाँच वर्षमा एकाध बाहेक नागरिकले सेवा प्रवाहमा स्थानीय सरकार भएको अनुभूति गर्न पाएन । विकास र समृद्धिको सपना बाँडेर सत्तामा पुगेका जनप्रतिनिधि सत्तामा पुगेपछि आफै विलासी भए ।
फलत स्थानीय तह नीतिगत रुपमा नै भ्रष्टचार गर्ने अखडा बन्न पुग्यो । आफ्नै हात जगन्नाथ प्रवृत्ति हावी हुँदा जनप्रतिनिधिहरुमा जनताको सेवक हुँ भन्ने सोच नै भुलेर राजामहाराजको जस्तो व्यवहारमा उत्रिए । जनताको समस्याभन्दा आफ्नो सुख सुविधाको भुक्तभोगी बन्दा नागरिकको अपेक्षा सम्बोधन गर्न सकेनन् । दोस्रो पटक निर्वाचित जनप्रतिनिधिमा पनि यहि परीपाटी विकास हुने हो कि भन्ने ठुलो डर छ । पार्टीका शीर्ष नेतृत्व अझ चिन्तित छन् । त्यसैले साना–ठुला सबै राजनीतिक दलले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण निर्देशन दिईरहेका छन ।
नेकपा एमाले अध्यक्ष के.पी शर्मा ओलीले आलोचना सुन्न नपरोस् भन्दै नमुनाको रुपमा प्रस्तुत हुन निर्देशन दिए । एमाले प्रतिनिधिले २० बुँदे संकल्पपत्रमार्फत परिवार, आफन्तजन र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने प्रण नै गरेका छन । गठबन्धन गरेरै भए पनि स्थानीय तह निर्वाचनमा आफ्नो राम्रो पकड बनाएको नेकपा माओावादी केन्द्रले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै जनतालाई केन्द्रमा राखेर सुख–दुःखमा साथ दिन निर्देशन नै दिएको छ ।
नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो शर्त नै भ्रष्टचार मुतm पालिका भएको दावी गर्छन । विगतका जनप्रतिनिधिहरुले जस्तो योजनाहरुमा व्यतिmगत स्वार्थ नखोजी काम गर्ने,र ाम्रो कुराको मात्र अनुशरण गरेर अगाडि बढ्ने उनीहरुको दावी छ । भुगोल अनुसार फरक आवश्यकता र अपेक्षा भए पनि जनप्रतिनिधिबाट आम मतदाताको अपेक्षा प्रभावकारी सेवा प्रभाह ,सुशासन र आफ्नो क्षेत्रको सर्वागिण विकास नै हो ।
जनप्रतिनिधिको चुनावी घोषणापत्र र योजनाका आधारमा नागरिकको यो अपेक्षा स्वभाविक हो । जनताको अपेक्षा र स्थानीय सरकारको मुल मर्म चरितार्थ गर्दै जनअपेक्षा पुरा गर्न हाम्रा जनप्रतिनिधि कति खरो उत्रिन्छ विस्तारै थाह हुने नै छ ।


प्रतिक्रिया