काठमाडौँ — स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस आन्तरिक रुपमा भने लथालिङ्गको अवस्थामा छ । पार्टी विधान कार्यान्वयनमा सधैं कमजोर देखिँदै आएको कांग्रेसले न त भातृ संगठनहरुलाई सुधार गर्न सकेको छ, नत सरकार नै चुस्तदुरुस्त रुपमा चलाएको छ । संसदीय निर्वाचन नजिकिदै जाँदा पार्टीमा केवल स्थानीय तहमा जितेको हौसला बाहेक केहि पनि बाँकि नरहने स्थिती देखिएको छ ।
स्थानीय तह निर्वाचनमा गठबन्धनको साथले मोटाएको नेपाली कांग्रेस संसदीय निर्वाचन नजिकिदै गर्दा पनि अलमलमै देखिएको छ । सरकारमा समेत गतिलो प्रदर्शन गर्न नसकेको कांग्रेस आन्तरिक मामिलामा समेत कमजोर देखिएको छ । स्थानीय तह चुनाव २०७९ मा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले यसपटक अघिल्लो स्थानीय चुनावभन्दा बढी ६३ पालिकामा जित निकालेको छ ।
सबै हिसाबले आफू पहिलो पार्टी भएको निष्कर्ष निकालेको कांग्रेसले त्यसमा ठुलो हिस्सा कम्युनिष्ट फुट र गठबन्धनको सफलताको उपज भएको विर्सिएको छ । स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले दिएको प्रतिवेदनमा गत निर्वाचनमा भन्दा अहिले कांग्रेसको अवस्था सुधार भएको उल्लेख गरिएको छ । तर संगै पार्टीका सबै संरचना चुनावमा परिचालन हुन नसकेको तथा पार्टीभित्रको गुटबन्दीले १ सय २० भन्दा बढी स्थानीय तहमा कांग्रेस उम्मेदवार पराजित भएको प्रतिवेदनमा छ । जसतर्फ कांग्रेसले ध्यान दिएको छैन ।
अवस्था कस्तोसम्म छ भने अन्य दलहरुले आफ्ना निर्वाचित जनप्रतिनिधीलाई प्रशिक्षणको कार्यक्रम समेत गरिसक्दा कांग्रेस सभापती शेरबहादुर देउवाले सामजिक सन्जालबाट शुभकामना दिनबाहेक कुनै औपचारिक कार्यक्रम आयोजना गरेका छैनन् । पार्टीमा वागी देखिएका नेता डा. शेखर कोईराला पनि मौन बसिरहेको अहिलेका अवस्थामा निर्वाचनका लागि बनेका समितिहरुकै वेहाल छ ।
विधानको धारा ६० मा प्रष्ट लेखिएको पार्टीको सबै तहमा विभाग÷समिति÷विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने प्रावधान समेत कार्यान्वयन भएको छैन । महाधिवेशन भएको ६ महिना पूरा हुँदा केन्द्रीय समितिलाई पनि पूर्णता दिन नसकेका देउवाले पार्टी उपसभापतिको नेतृत्वमा रहने प्रशिक्षण प्रतिष्ठानसहितका झन्डै चार दर्जन विभाग गठनको गृहकार्यसमेत सुरु गरेका छैनन् । अध्यक्षमात्र छानेर स्थानीय तहको निर्वाचन लगत्तै अधिवेशन गराउने जिम्मा दिईएको नेपाल विद्यार्थी संघमा बाँकि पदाधिकारी समेत छानिएका छैनन् ।
वाँकि पदाधिकारी परिपूर्ती गरिदिन अध्यक्ष दुजाङ शेर्षा देउवालाई भेट्न धाईरहँदा निर्वाचनमा उम्मेदवार छनोटका लागि गठन गर्नुपर्ने संसदीय समिति समेत गठन भएको छैन । कात्तिक अन्तिम वा मंसिर पहिलो साता प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीमा सरकार छ । तर आफूनिकटलाई नेतृत्वमा पु¥याउने संस्थापन र इतर पक्षका नेताहरूको हानाथापले भातृसंगठनहरको वेहाल छ ।
ईतर पक्ष समेतले यसमा चासो देखाएको छैन । तर कांग्रेस नेताहरु भने केहि समय अघिमात्र स्थानीय तहको निर्वाचन सम्पन्न भएको अवस्थामा यो बेथिति स्वभाविक भएको बताउछन । आगामी निर्वाचन भन्दा अघि नै पार्टीलाई चुस्त बनाएर अघि बढाउने बताउने उनीहरु नेतृत्वलाई गाली गरेर केहि फाईदा नहुने बताउछन ।
हुन त काँग्रेस कम्युनिष्टहरु एक हुने अवस्था नहुनु तथा स्थानीय तहको निर्वाचनको सफलताले अलिक बढि नै आत्मविश्वासी देखिएको छ । देश अफ्ठ्यरोमा पर्दा कांग्रेस नै विकल्प भएको विभिन्न घटनाले पुष्टि गरेको जनताले बुझ्नमा काँग्रेस विश्वस्थ छ । तर भित्रभित्रै विग्रिएको र सरकार सन्चालमा समेत उत्कृष्ट प्रर्दशन नभएको कांग्रेसका लागि खरायो र कछुवाको दौडको जस्तो परिणाम नबेहोर्ला भन्न सकिँदैन ।


प्रतिक्रिया