Breaking

प्रियंका जोशी बनिन् २०२२ की मिस नेपाल


काठमाडौँ — सन् २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन् । शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन् । उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन्। यस्तै उनले ुटाटा टियागो मिस डिलाइटु को उपाधि पनि जित्न सफल भएकी छिन् ।

द काठमाडु पोस्ट डाबर अमला मिस ब्युटिफुल हेयरु को उपाधि रोज कँडेल, बर्जर मिस ग्ल्यामरु को उपाधि सोफिया श्रेष्ठले जित्न सफल भएका छन् ।