देश

महाकुलुङ गाँउपालिकाको लोगो सगरमाथाको शिखरमा


काठमाडौँ — महाकुलुङ गाँउपालिकाको लोगो अंकित झन्डा सगरमाथाको शिखर फरफएका छन् । विश्वको सर्वोच्च शिखर ८८४८.८६ मिटर अग्लो सगरमाथामा पासाङ ओङ्छु शेर्पा २०२२ मे १२ तारिक नेपाली समय अनुसर विहान २ः४५ बजे सगरमाथाको चुचुरोमा महाकुलुङ गाउँपालिकको लोगो अंकित झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फरफराएका हुन् ।

अन्तर्राष्ट्रिय माउन्टन गाइट शेर्पाले यस वसन्त ऋतुमा महाकुलुङ गाउँपालिकाको अंकित झन्डा पहिलोपटक सगरमाथाको शिखरमा फरफराएका हुन । शेर्पालाई महाकुलुङ गाउँपालिका कार्यलयको झन्डा सगरमाथाको चुचुरोमा पुर्‍याउने साहसी कार्य प्रति उच्च सम्मान सहित गाउँपालिकका नब नवनिर्वाचित गाउँपालिका अध्यक्ष शुर्य कुलुङ राइले शेर्पालाई धन्यवाद दिदै खुशी व्यक्त गरेका छन ।

शेर्पालाई महकुलुङ गाउँपालिकाको कार्यपालिक बैठकद्वारा साहसी कार्यको मिति २०७९ साल असार २ गते बिहीबारदिन शेर्पालाई स्थानीय सरकार महाकुलुङ गाउँपालिकले उच्च सम्मान सहित धन्यवाद दिएका छ्न ।

सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका वडा- १ चेरेमका जन्म भएका पासाङ ओङ्छु शेर्पा ३६ वर्षीय ओङ्छु शेर्पा यस भन्दा अगाडि सोलुखुम्बु जिल्लाको सगरमाथा आरोहण ९ पटक गोर्खा जिल्लाको मनसलु हिमाल ५ पटक शंखुवसब जिल्लाको मकालु हिमाल १ पटक सोलुखुम्बु जिल्लाको आम डब्लाम हिमाल ४ पटक सगरमाथा नजिकै रहेको चोलत्चे हिमाल ३ पटक सफल अरोहान गरेका ब्यक्ति हुन । पासाङ ओङ्छु शेर्पालाई विशेष गरि अन्तर्राष्ट्रिय माउन्टेन गाइड शेर्पा चिनिने गर्दा छ ।

उनले नेपालको ७ हजार बन्द कमका धेरै वटा पिकहरु आरोहण गरिसकेका छन । उनले महाकुलुङ गाउँपालिकाको समग्र पर्यटन विकास र पर्यटन प्रचार प्रसारका लागि आफ्नो गाउँपालिकाको झन्डा सगरमाथाको चुचुरोमा फरफराएको उनको भनाइ छ ।

मैले धेरैवटा देशहरु भ्रमण गरे तर आफू जन्मेको गाउँठाउँ बन्द राम्रो र सुन्दर अरु ठाँउ देखिन सुविधाको नजरले हेर्ने हो भने अरुकै देश राम्रो छ तर समग्र भूगोल बाताबरण हिम शृङ्खलाहरुमा हेर्ने हो भने हाम्रो ठाँउ बन्द राम्रो अरु ठाँउ छैन त्येसैले महाकुलुङ गाउँपलिकमा पर्यटनहरुको सम्भावना रहेको ठाँउहरु थुप्रै छ्न यसैको प्रचारप्रसार गरि यहाँको पर्यटन विकास लागि मैले पहिलोपटक गाउँपालिकको झन्डा सगरमाथाको शिखरमा पुर्‍याएको हु ।

शेर्पा बताउछन् उनले वैदेशिक भ्रमणहरु स्विस,जापान,फ्रेन्च,कोरिया,पेरु,मलेशिया,तेन्जनिय,सिङ्गपुर जस्तो थुप्रै देशहरु भ्रमण गरिसकेका छन शेर्पा I FMGA गाईड ,पर्बतीय प्रशिक्षक समेत रहेका छन ।