काठमाडौँ — नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीले एसपिपी सम्झौता अघि बढाउँदा आफूलाई जानकारी नदिएको गुनासो गरेका छन् । २०७२ कात्तिक १० तत्कालीन प्रधानसेनापछि राजेन्द्र क्षेत्रीले अमेरिकालाई सरकारको अनुमतिअनुसार एसपिपी संलग्न हुनका लागि पत्र लेखेको सार्वजनिक भएपछि त्यसबेला प्रधानमन्त्री रहेका ओलीले आफूलाई जानकारी नै नदिइएको बताएका हुन् ।
शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रतिशक्षण कार्यक्रममा ओलीले ओलीले आफूभन्दा अघिल्ला प्रधानमन्त्रीको स्वीकृति अनुसार पत्र गएको बताउँदै एसपिपी आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन् । २०७२ असोज १३ गते रक्षा मन्त्रालयले जंगी अड्लाई एसपिपीमा आबद्ध हुन अनुमति प्रदान गरेको थियो। जति बेला सुशील कोइराल प्रधानमन्त्री थिए ।
ओली असोज २४ गते प्रधानमन्त्री भए भने कात्तिक १० गते सरकारको अनुमतिमा भन्दै क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका थिए । आफू प्रधानमन्त्री हुँदा पत्र गएको तथ्य सार्वजनिक भएपछि ओलीले भने, ‘हामी कतै पनि बताइएन। २४ गते म संसदबाट निर्वाचित भए, २५ गते सपथ लिए। तर कात्तिक १० गते (कात्तिक)मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन् ।
‘प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला। जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छ । तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो ।’ माओवादी केन्द्रका अध्यक्ष दाहालले ओलीको पालामा एसपिपीमा आबद्ध हुने प्रक्रिया अघि बढेको दाबी गरेपछि ओलीले त्यसमा उनको संलग्नता रहेको दाबी गरेका छन् ।
ओली दोस्रोपटक २०७४ वैशाखमा दाहाल प्रधानमन्त्री हुँदा प्रधानसेनापति क्षेत्रीले फेरि पत्र लेखेर अघि बढाउन आग्रह गरेको दाबी गरे। दाहालले ओलीमाथि आरोप लगाए पनि त्यसबेला माओवादी पनि सरकारमा सहभागी थियो । उनले आफ्नो आफू नेतृत्वको सरकारले एसपिपीमा सहभागी हुने प्रक्रिया रोकेको र त्यसबारे छानबिन समिति बनाएर काम गरेको उल्लेख गरे ।


प्रतिक्रिया