काठमाडौँ — हाम्रो कला हाम्रो संस्कृति २०७९ कार्यक्रम हुने भएको छ । हिल्स होम थिएटर एण्ड प्रोडक्शन प्राइभेट लिमिटेडले यो कार्यक्रम आयोजना गर्ने भएको हो । सो कार्यक्रममा वरिष्ठ कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ, मुरलीधर, गायक रामकृष्ण ढकाल, देव श्रेष्ठ, सत्य आचार्य, स्वरुपराज आचार्य, लोक दोहोरी गायिका राधिका हमाल, एलिना चौहान, शैलेन्द्र सिम्खडा, जोगेन्द्र (पानवाल) लगायतको प्रस्तुती रहन्ने छ ।
उल्लेखित नेपालका चर्चित कलाकार तथा गायकले प्रदर्शन गर्ने सो कोरोना पछिको पहिले कार्यक्रम हो । यो कार्यक्रम असार ५ गते साँझ ५ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छन् । यस कार्यक्रमको मिडिया पार्टनरमा योहो टेलिभिजन,HD देश सञ्चार डटकम, नयाँ पत्रिकाले सहयोग गरेका छन् ।
कार्यक्रम सञ्चालन टेलिभिजन कार्यक्रम प्रस्तोता तथा डाइरेक्टर जिपी तिमल्सेनाले गर्ने भएका छन् । यस कार्यक्रममा दर्शक स्रोतालाई उपस्थितिको लागी आयोजकले अपिल समेत गरेका छन् ।


प्रतिक्रिया