काठमाडौँ — करिष्मा मानन्धरले आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई बच्चा लिएर आफ्नो घर आउन आग्रह गरेकी छिन् । उनले बिहिबार सामाजिक सञ्जालमा निहारिकालाई छोरीको रुपमा आफूले पाल्न चाहेको पनि बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘मेरो एउटा छोरी थियो । तिमी भयौ भने दुईटा हुन्छौ । बच्चा लिएर घर आउ । म छु ।’उनले अन्त्यमा सावित्री सुवेदीलाई पनि धन्यवाद दिएकी छिन् । २१ महिनाको आफ्नो दुधे बालकलाई लिएर निहारिका पछिल्लो ७ दिनदेखि अनसनरत छिन् ।


प्रतिक्रिया