Breaking

नेपाली सेनाले भन्यो- एसपीपी सम्बन्धी सम्झौता गरेका छैनौँ


काठमाडौँ — नेपाली सेनाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको दाबी गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार विज्ञप्ति जारी गरी त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रियासमेत नभएको स्पष्ट पारेको छ ।

‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्नेगरी कुनै पनि सैनिक साझेदारी कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको छु, सेनाद्वारा जारी ध्यानाकर्षणपत्रमा उल्लेख छ।

नेपाली सेनाको ध्यानाकर्षण पत्र