काठमाडौँ — आगामी संसदीय निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले असार १ गते अर्थात आजबाट मतदाता नामावली संकलन कार्य सुचारु गरेको छ । मतदाता नामावलीमा नाम छुटेका योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामवली दर्ता गर्न पाउनेछन् । पेसा व्यवसायका कारण अन्यत्र बसोबास गरिरहेका सर्वसाधरणले आफु बसेकै जिल्लाको निर्वाचन कार्यलयमा पुगेर नामावली दर्ता गर्न पाउने भएका छन् ।
यो दृश्य जिल्ला निर्वाचन कार्यलय काठमाडौ परिसरको हो । लामबद्ध भएर बसेका यी सर्वसाधरण चाँहि मतदाता नामावली दर्ता गर्न पुगेका हुन् । विगतका निर्वाचनमा रहर भएर पनि पस्थितिले भोट खसाल्नबाट बञ्चित भएकाहरु आगामी निर्वाचनमा भाग लिनका आफ्नो मताधिकार प्रयोग गर्न उत्साहि छन ।
तर पहिलो दिन नै सर्वसाधारणले नामावली दर्ता गर्न निकै सास्ती बेहोर्नुपरेको छ । सुरु सुरुमा धेरै लाइन नहुने आशाका साथ निर्वाचन कार्यालय पुगेकाहरु घण्टौं लाइनमा बस्न बाध्य भए । आफ्नो काम नै माया मारेर लाइनमा बसेकाहरुको पालो कुुन बेला आउने हो टुङगो थिएन । नामावली दर्ता प्रक्रिया एकदमै ढिलो भएको, जनशतिm थपेरै भए पनि छिटो र सहज बनाउनुपर्ने उनीहरुको माग थियो ।
जिल्ला निर्वाचन कार्यलय काठमाडौमा काठमाडौका स्थानीय मात्र नभई गृहजिल्ला जान नपाएकाहरु पनि नामावली दर्ता गराउन पुगेका छन । आयोगले काठमाडौका मतदाताका लागि एउटा र उपत्यका बाहिराका लागि दुई वटा संकलन केन्द्र राखेर काम गरिरहेको छ । सीमित जनशक्तिबाट नामावली संकलन भइरहेकोले कामको गति निकै सुस्त भइरहेको छ ।
स्थानीय निर्वाचन भर्खरै सकिएको र संघीय निर्वाचन निकट रहेकोले पनि सर्वसाधारणहरु नामावली दर्ताको लागी आकर्षित भएका छन् । विगतमा आउने अनुपातका आधारमा मतदात नामावली संकलन केन्द्र तय गरेकाले समस्या देखिएको आयोगको भनाइ छ । यो चापलाई मध्यनजर गर्दै आयोगसँग समन्वय गरी तत्काल जनशतिm थपेर सहजता बनाउने निर्वाचन कार्यलय काठमाडौले बताएको छ ।
असार १ गतेबाट देशैभरका प्रदेश तथा निर्वाचन कार्यलय, जिल्ला प्रशासन कार्यलय, इलाका प्रशासन कार्यलयमा गई आ–आफ्नो नाम दर्ता गराउन सक्नेछ । अध्ययन, पेसा व्यवसायले गृहजिल्ला पुग्न नसकेका सर्वसाधरण पनि बसोबास गरिरहेकै स्थानमा आफ्नो मतदाता नामावली दर्ता गराउन पाउने छन । निर्वाचन आयोगले कार्तिक अन्तिम अथवा मंसिरको पहिलो साता संसदीय निर्वाचनको मिति तोक्न अनौपचारिक प्रस्ताव गरेको छ । निर्वाचनको मिति घोषणा नभएसम्म मतदाता नामवली संकलन कार्य चल्नेछ ।


प्रतिक्रिया