Breaking

एसपीपी रोक्न स्वतन्त्र चुनावी सरकार गठन गरौं : लिङदेन


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्वतन्त्र चुनावी सरकार गठनको प्रस्ताव गरेको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले परराष्ट्र नीतिमा असन्तुलन हुने कार्य हुन नदिन स्वतन्त्र सरकार गठन गर्नपर्ने आवश्यकता औंल्याएका हुन् ।

विगतमा एमसीसी बहुमतको बलमा पास गरिएको र फेरि एसपीपीको विषय अगागि आएको उल्लेख गर्दै उनले यस्ता विषयमा राष्ट्रिय आवश्यकता र सहमतिभन्दा बहुमतमा निर्णय लिने प्रवृति मौलाएकाले त्यसलाई रोक्न र परराष्ट्र नीतिमा सन्तुलन कायम गर्न स्वतन्त्र सरकार गठनको प्रस्ताव गरेका हुन् ।