Breaking

बजेट बनाउन खेताला लाएको विषयले अर्थमन्त्री समस्यामा, एमालेले माग्यो राजीनामा


काठमाडौँ — रातारात मन्त्रालयमा अमुक व्यक्तिलाई प्रवेश दिएर करका दर परिवर्तन गर्न लगाएको भन्दै अर्थमन्त्री शर्मा गम्भीर विवादमा तानिएका छन । यसअघि पनि उनी रोकिएको रकम फुक्का गराउन दवाव दिने, राष्ट्र वैंकका गभर्नर प्रकरण लगायतका विवादस्पद निर्णय गरेका कारण पटक–पटक आलोचित बन्नो थिए । योसंगै शर्मालाई राजीनामा दिन दबाब बढेको छ । यघपी शर्माले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।

बजेटको गोपनियता भंगका गरेको खबर बाहिरएपछि अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएका छन् । बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गरेको विषयबारे खुलासा भएपछि अर्थमन्त्री शर्माको चौतर्फी आलोचना भईरहेको छ । यसअघि पनि राष्ट्र बैंकले रोकेर राखेको रकम फुक्का गर्न दवाव दिने, राष्ट्र बैकका गभर्नरलाई कारबाही गर्ने जस्ता कार्यले मन्त्री शर्मा विवादमा फसेका थिए ।

संकटग्रस्त अर्थतन्त्र सुधार गर्न नसकेको भन्दै आलोचना खेपेका शर्माको यहि शृंखलाबद्ध विवादास्पद कामका कारण पदबाट हटाउनुपर्ने दवाव बढेको छ । यस विषयमा सदनमा समेत कुरा उठेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीको जवाफ सुन्न नै अस्वीकार गरेको छ । खेताला लगाएर बजेटमा राजश्वको दरहरु परिवर्तन गरेको विषयमा स्पष्टीकरण नआएसम्म अर्थमन्त्रीको जवाफ नसुन्ने बताएको एमाले सांसदहरुले बताएका छन ।

बैठक सुरु भएलगत्तै नेकपा एमालेका तर्फबाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटको विषय राष्ट्रिय सुरक्षा जत्तिकै गोपनिय विषय भएको बताएका थिए भने अर्थमन्त्री पदमा बस्न नमिल्ने जिकिर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएका छन ।

अर्थमन्त्री जनार्दन शर्माले भने बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झूटा र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन् । उनले मंगलबार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिवको नेतृत्वमा टिम परिचालन हुने र उनीहरुले तयार गरेको बजेटमा अर्थमन्त्रीको हैसियतमा आफूले सरकारको नीति तथा भिजन मात्रै दिने अधिकार भएको र सोही अनुसार काम गरिएको बताए ।

अर्थमन्त्री शर्माले कार्य सम्पादन नियमावलीले आफूलाई बजेट निर्माण गर्नका लागि अधिकार दिएको र सोही अधिकार मात्रै आफूले प्रयोग गरेको पनि पटकपटक दोहो¥याएर चोखिने प्रयास गरे । विवादमा तानिएपछि अर्थमन्त्री शर्मालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत भेट गरेका छन् । उक्त भेटमा प्रचण्डले अर्थमन्त्रीको कार्यशैलीप्रति रोष प्रकट तथा राजीनामाको सुझावसमेत दिएको बताईएको छ ।

त्यस्तै माओवादी कै नेताहरुले पनि मन्त्री हेरफेर हुनसक्ने विषयलाई नकारेका छैनन् । जसले कुनै आरोपमा नभई स्वईच्छामै मन्त्री परिवर्तन गरिएको देखिने गरी व्यवस्थापन गर्ने माओवादी केन्द्र तयारी हुनसक्ने विश्लेषण सुरु भएको छ ।