काठमाडौँ — नेपाल र अमेरिकाबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भयो । पुरानो कुटनीतिक इतिहास, निरन्तर उच्चस्तरको सहयोगका कारण दुई मुलुकबीचको कुटनीतिका सम्बन्ध फरक र महत्वपूर्ण मानिन्छ । तर एमसीसी पास भए यता अमेरिकको बढ्दो चासो र संवेदनशील कुटनीतिक क्षेत्र सञ्चालनमा देउवा सरकारको अपरिपक्वताले देश नै भड्खालोमा पर्ने चिन्ता बढेको छ ।
पुरानो कुटनीतिक इतिहास, निरन्तर उच्चस्तरको सहयोगका कारण नेपाल–अमेरिकाबीचको कुटनीतिका सम्बन्ध फरक र महत्वपूर्ण मानिन्छ । तर पछिल्लो समय बदलिँदो विश्व भू–राजनीतिक प्रभावमा नेपाल–अमेरिका सम्बन्ध पर्न थालेको छ । शतिm राष्ट्र अमेरिका उदयमान चीनलाई घेराउ गर्न भारत प्रशान्त क्षेत्रीय रणनीति (इन्डो प्यासिफिक स्ट्र्याटेजी) अन्तर्गतका विभिन्न योजनाहरु कार्यन्वयन गराउन लागि परेका छन । एमसीसी अनुमोदनपछि नेपाल पनि यो रणनीतिमा जोडिएको छ ।
सडक र सदन दुवै विभाजित भए पनि विशुद्ध आर्थिक सहयोगको दावी गर्दै अमेरिकी दवावमै १२ बुँदे व्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन गरिएको थियो । एमसीसी अनुमोदनपछि नेपालमा अमेरिकी प्रभाव बढ्दो छ । नेपालमा उच्चस्तरी अमेरिकी भ्रमण बाक्लिएको छ । सरकारको कुटनीतिक व्यवहारमाथी नै प्रश्न उठिरहेका छन ।
वर्तमान सरकार एउटा छिमेकी राष्ट्रलाई खुसी पार्ने र अर्कोलाई चिढ्याउने काम गरेको आरोप लागिरहेकै बेला (इन्डो प्यासिफिक स्ट्र्याटेजी) अन्तरर्गत अमेरिकी सेनाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी समझदारीपत्रको मस्यौदा सार्वजनिक भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा सकरात्मक देखिएका छन ।
अमेरिकी सेनाले प्रस्ताव गरेको उक्त रणनीतिक सम्झौता नेपालका लागि घातक हुने धारण सामाजिक सञ्जाल ब्यक्त भईरहेका छन । यूएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल चार्ल्स ए फ्लिन स्वदेश फर्के लगत्तै समझदारीपत्र सार्वजनिक भएपछि कुटनीतिक क्षेत्रमा हलचल मच्चेको छ । सरकारको चर्को आलोचना सुरु भएको छ । एसपीपी सम्झौतामा हस्तक्षर गर्नुपूर्व त्यसभित्रको संवेदनशीलताप्रति सरकार गम्भिर हुनुपर्ने हुबहु हस्तक्षर गर्न नहुने कतिपयको जोड छ ।
चीन र भारत जस्ता विश्वशक्ति राष्ट्रको बीचमा रहेको नेपालका लागि सन्तुलित सम्बन्ध पहिलो शर्त हो । हाम्रो विदेश नीति यसैमा अडेको छ । एमसीसी सम्झौता अनुमोदनसँगै अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा देखाएको चासोमा नेपाल पनि जोडिएको छ । त्यसैले राष्ट्र हितलाई सर्वोपरी ठानी सन्तुलित सम्बन्ध र कुटनीतिक अपरिपक्वतामा सरकार गम्भिर बन्न जरुरी छ ।
नेपाली भुगोल र ईतिहास सुहाउँदो कुटनीतिक सम्बन्धमा सरकारको ध्यानकर्षण हुन जरुरी छ । असारको दोस्रो साता अमेरिका भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री देउवा अझ गम्भिर हुन जरुरी छ ।


प्रतिक्रिया