काठमाडौँ — बारा जिल्ला जितपुर उप-महानगरपालिका वडा नम्बर ३ र ६ मा पर्ने श्री जनजागरण सामुदायिक वनमा वडा अध्यक्षको मनमानी काम भएको वन तथा वन्यजन्तु संरक्षक दिपक नेपालले जानकारी दिएका छन् ।

वडा अध्यक्ष तारा बहादुर कार्कीले सामुदायिक वनको दाउरा काठ तस्करले काटेर बेच्दा समेत वास्ता नगरेको पाइएको छ । वडा अध्यक्ष हुनु भन्दा पहिले उनि श्री जनजागरण सामुदायिक वनका अध्यक्ष समेत रहेको नेपालले जानकारी दिएका छन् ।

हिजो (सोमबार) एक कार्यक्रम गर्दै वाडा अध्यक्षले स्थानियको सल्लाह बिना आफ्नो आफन्तलाई वनको अध्यक्ष बनाउन खोजेपछि स्थानियले आक्रोस व्यक्त गर्दै भहिस्कार गर्दै कुर्सी समेत तोडफोड गरेका थिए । वडा अध्यक्ष बारा जितपुर उप-महानगरपालिका वडा नम्बर ३ का हुन् । उनि नेकपा एमालेबाट वडा अध्यक्ष चुनिएका जनप्रतिनिधि हुन् ।



प्रतिक्रिया