Breaking

विराटनगरमा ५ धुर जग्गा २ वर्षदेखि सरकारको कब्जामा

योहो संवाददाता

काठमाडौँ — विराटनगर–४ का नन्दकुमार साहको ५ धुर जग्गा २ वर्षदेखि सरकारले रोक्का गरेको छ । सरकारले रोक्का राख्नु भन्दा अगाडि उनले ५ वर्षे भाका राखेर बैंकबाट ऋण लिएका थिए । अहिले बैंकले उक्त जग्गा लिलामीमा राखेको छ । एकातिर बैंकको लिलामी, अर्कोतिर सरकारले जग्गा रोक्का राखेका कारण उनलाई आफ्नो सम्पत्ति धितो राखेर कारोबार गर्न समस्या भएको छ । छोराछोरी पढाउनका लागि केही ऋण लिएको थिएँ । तर, बैंकले तत्काल सावा ब्याज तिर्नैपर्छ भन्ने ताकेता गरेको छ । सरकारले पनि जग्गा रोक्का राखिदिएको कारण कुनै बैंकमा ट्रान्सफर गर्न पनि अप्ठ्यारो भयो । आफ्नो सम्पत्ति बेचविखन गर्ने र चलाउनै पाइएन, उनले दुखेसो पोखे ।

जस्तै विराटनगर–४ कै मोहम्मद कलाउद्धिनको पौने ३ धुर जग्गामा तीन तले घर छ । उनले पनि सरकारले जग्गा रोक्कामा राख्नु अगाडि ६ लाख रुपैयाँ बैंकबाट ऋण लिएका थिए । अहिले उनले ऋण तिर्न सकेका छैनन् । असार मसान्तमा बैंकले हामीलाई ताकेता गरेको छ । एयरपोर्टले जग्गा लिन्छ भनेर हामी त्यहीअनुसार ढुक्क भयौं । तर, केही भएन । उता बैंकले लालपूर्जा पनि रोक्का गरिदिएको छ ।