Breaking

प्रधानमन्त्री देउवालाई बोलायो संसदीय समितिले अमेरिका भ्रमणबारे जानकारी लिन


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने भएको छ ।

सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले आसन्न अमेरिका भ्रमणका विषयमा जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवाको भ्रमणबारे संसदलाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दल एमालेले माग गर्दै आएको छ। भ्रमणको उद्देश्य बारे सरकारले कुनै जानकारी गराएको छैन् ।