विदेश

बलिउड नायिका श्रद्धा कपुरका भाइ ड्रग्स केसमा पक्राउ


काठमाडौँ — बलिउड नायिका श्रद्धा कपुरका भाइ तथा अभिनेता सिद्धान्त कपुरलाई बेंगलुरु प्रहरीले हिरासतमा लिएको छ ।

मिडिया रिपोर्टका अनुसार सिद्धान्तमाथि पार्टीमा ड्रग्स खाएको आरोप लागेको छ । बेंगलुरु प्रहरीले एमजी रोडस्थित होटल पार्कको पबमा चलिरहेको रेव पार्टीमा छापा मारेको थियो । यस पार्टीमा सिद्धान्तलाई डिजेको रुपमा बोलाइएको थियो ।

पार्टीमा सिद्धान्तसहित ६ जनामा लागुऔषध परीक्षण पोजेटिभ देखिएको छ । यसबारे उनका पिताले आफ्नो बयानमा भनेका छन्, ‘म एउटै कुरा भन्न सक्छु कि यो सम्भव नै छैन । एजेन्सी