काठमाडौँ — पारिवारिक लफडा सार्वजनिक गरेर विवादित बनेका र्यापर सुदीप भण्डारी जी–बब पत्रकार सम्मेलनमा जंगिएका छन् । उनले आफूले आमाबाबुबाट छुट्टै बस्न चाहेको तर स्वीकृति नपाउँदा जिल्ला प्रशासन कार्यालयमा मुद्दा नभइ निवेदन दिएको बताए । मैले त स्वतन्त्रता खोजिरहेको हो ।
म मेरो फ्रिडमको लागि । यति ८०–९० जना मिडियाका मान्छे होइन चाहेँ भने ३ सय–४ सय जना मिडिया जति जनाको अगाडि पनि बोल्न सक्छु उनले आज आइतबार पत्रकार सम्मेलनमा भने, मलाई मेरो स्वतन्त्रता चाहियो । मैले मेरो आमालाई मुद्दा भन्ने शब्दले कुरा बिग्रेको हो क्या। मैले कपीमा लेखेर निवेदन दिएको हो ।


प्रतिक्रिया