काठमाडौँ — प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ढंग पुर्याए १० सिट भएको दलले पनि मुख्यमन्त्री बन्न सक्ने बताए । राई आवद्ध पार्टी नेकपा एकीकृत समाजवादीको प्रदेश १ को प्रदेशसभामा १० सांसद छन् । सत्तारुढ गठबन्धनमा रहेका दलको समर्थनमा मुख्यमन्त्री बनेका उनले आइतबार प्रदेशसभामा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा ढंग पु¥याए १० सिटको पार्टीले पनि मुख्यमन्त्री पद पाउन सक्ने बताएका हुन् ।
संसदमा बोल्ने क्रममा प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले सरकारको आलोचना गर्दै टालाटुली बाटुली, झोलितुम्बे लगायत शब्द प्रयोग गरेका थिए । ढंग पु¥याएन भने दुई तिहाई बहुमत पनि गुम्दो रहेछ, ६३ ९सिट० ले दुई तिहाई हुन्छ, हामीसँग तत्कालिन नेकपा ६८ सिट थियो उनले भने, अब ढुंग पु¥यायो भने म जस्तो १० सिटेले पनि मुख्यमन्त्री पड्काउदो रहेछ । सरकार गठनको प्रक्रियालाई लिएर एमाले सांसदहरुले बारम्बार घोचपेच गरेको गुनासो गर्दै मुख्यमन्त्री राईले भने, ४७ वटै पार्टीको एक–एक जना संसद मिलेर पनि सरकार बन्छ । उमेर पाको र धेरै समय राजनीति गरेकाहरुले प्रदेश १ को सरकार गठन प्रक्रियाबाट शिक्षा लिनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया