देश

उपेन्द्र यादवमाथि विश्वास गर्न नसकिने तर्क

योहो संवाददाता

काठमाडोँ — जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपासँग एकता वा गठबन्धन गर्न सकिने प्रसङ्ग बारम्बार निकाल्दै आएका छन् । स्थानीय तहको निर्वाचन सकिने बित्तिकै जसपा अध्यक्ष यादवले लोसपासँग एकता वा गठबन्धनको कुरा चर्चामा ल्याएका थिए ।

त्यसपछिका हरेक प्लेटफर्म मा उनले लोसपासँग एकता वा गठबन्धनको विषय उठान गर्दै आएका छन् । जसपा अध्यक्ष यादवले लोसपासँग एकता वा गठबन्धनको चर्चालाई सार्वजनिक रुपमा जति महत्त्वका साथ उठाइरहेका छन्, उनको कुरालाई लोसपा नेपालले भने त्यति महत्त्व दिएको छैन । लोसपा नेपाल अहिले जसपा नेपालसँग एकता वा गठबन्धन गर्ने पक्षमा देखिएको छैन । त्यसको मुख्य कारण हो– विश्वासको संकट । लोसपाका नेताहरु अब उपेन्द्र यादवमाथि विश्वास गर्न नसकिने बताउँछन् ।