Breaking

डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्का तार अन्डरग्राउन्ड हुन्छ : बालेन्द्र शाह

योहो संवाददाता

काठमाडौँ — काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्का तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् ।

महानगर कार्यपालिकाको दोस्रो बैठकमा प्रमुख शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको जानकारी दिए ।