Breaking

काठमाडौँमा रोपाइँको रमाइलो, बर्षा छिट्टै सुरु भएपछि कृषक हर्षित


काठमाडौँ — अहिले काठमाडौँ उपत्यकामा दैनिकजसो बर्षा भइरहेको छ । अघिल्लो वर्षहरु भन्दा यस वर्ष चाडैमनसुन सुरु भएपछि काठमाडोँका कृषकहरु धन रोपाईमा व्यस्त बनेका छन् । अहिले काठमाडौँमा दैनिक जसो मुसलधारे बर्षा भइरहेको छ । यही मौका छोपेर कृषकहरुको धान रोपाईमा व्यस्त बनेका छन् । काठमाडौँ, भक्तपुर र ललितपुरका खेतीयोग्य जमिनहरुमा धान रोपाई आधा आधी भइसकेको छ । बर्षे झरीलाई ख्याल गर्दै खेत रोपाई जेष्ठ महिनामै सुरु गरिएको कृषकहरु बताउँछन् ।

अघिल्लो वर्ष धान रोप्नको लागि असार १५ नै पर्खेका किसानहरु यसपाली जेठ सकिन नपाउँदै किसानहरु रोपाईका लागि खेतमा पसेका छन् । कतिपयले धान रोपाइँ सकाएर आराम गर्न समेत भ्याइसकेका छन् । काठमाडौँ उपत्यकाका बाहिरी घेरामा हजारौ विघा खेतीयोग्य जमिन छन् । कतिपय खेतहरुमा कुलोको मानि नलगाई रोपाइँ सम्भव हुन्न । मुल नफटिसकेकाले कुलोमा पर्याप्त पानी बग्न थालिकसको छैन । कुलोको पानी नपर्खी बर्षे झरीबाट संकलन भएको पानीलाई खेतमा लगाएर रोपाइँ चलाइएको कृषकहरु बताउँछन् ।

बेलैमा मनसुन सुरु भएपछि कृषकहरुले राहत महसुस गरेका छन् । तर कृषकहरुलाई खेत रोपाईँ सकिएपनि मलको अभावले चिन्ता भने बढेको छ । युरिया मल अझै सरकारले व्यवस्था गर्न सकेको छैन । खेत रोपिकसेपछि करिव २ हप्तामा धानबालीमा मल लगाउन सुरु हुन्छ । तर मल अझै बजारमा नपाइएकाले कृषकहरु चिन्तीत देखिएका हुन् । पछिल्लो समय काठमाडौमा सहरीकरण बढेसँगै खेतियोग्य उर्वर भुमि नाश हुँदै गएको छ ।

तिब्र सहरीकरणका कारण अघिल्लोपटक धान रोपिएको स्थानमा पनि यसपटक प्लटीङ भइसकेका छन् । त्यसो त काठमाडोँ उपत्यकामा खेती किसानी पेषा खुम्चीदै गएको छ । काठमाडोँकै कतिपय स्थानमा भने पेषामा आएको बदलावका कारण, कृषकलाई कृषिमा प्रोत्साहित नगर्दाका कारण खेतीयोग्य जनिमहरु बाँझै छन् । कृषकहरुका लागि अनिवार्य युरिया मल त उपलब्ध गराउन नसक्ने सरकारले कृषकहरलाई कृषि पेषामा प्रोत्साहित गराउनु त निक्कै जटिल कार्य हो । तथापी कृषकहरु जसोतसो आफ्नो कृषि कर्ममा तल्लीन छन् ।