काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले गठबन्धनले आफ्नो पार्टीको सही ढंगले मुल्यांकन नगरेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई बोल्दै उनले भने, ‘हामीले विद्रोह गरेर नयाँ पार्टी बनाएका छौँ ।
८ महिनाको छोटो अवधिमा देशव्यापी रुपमा पार्टी बनाइसकेका छौँ । स्थानीय तहको निर्वाचनमा देशव्यापी रुपमा गठबन्धन बनाएर सामना गर्ने प्रयास गरेका थियौँ, तर गठबन्धनमा हाम्रो सही मुल्यांकन र सम्मान भएन ।’ पाँच दलीय गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाँदा आफूहरुलाई फाइदा नभएको दाबी गरे । गठबन्धन गर्दा आफूहरुले सबै छाडेर अन्य दललाई सहयोग गर्नुपरेको उनको गुनासो छ ।
‘गठबन्धनले हामीलाई फाइदा भएन। हामी एक्लै उभिएको ठाउँमा राम्रो विजय प्राप्त गरेका थियौँ। गठबन्धन गर्न हामीले मात्रै सबै गुमाउनुपर्ने भयो। हामीले मानेनौँ। अब संगठनलाई विस्तार गरेर पार्टीलाई लोकप्रिय र असल व्यक्तिलाई उम्मेदवार बनाएर अगाडि जानुपर्छ’ उनको भनाइ छ।


प्रतिक्रिया