Breaking

श्रममन्त्री श्रेष्ठ र इन्डोनेसियाका गैरआवासीय राजदूतबिच भेटवार्ता


काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत हिरु हर्तान्तो सुबोलोले शिष्टाचार भेट भेट भएको छ ।

मन्त्रालयमा शुक्रवार भएको भेटवार्तामा उनीहरूबीच नेपाल र इन्डोनेसियाको द्विपक्षीय हित र चासोका विविध विषयमा विचार विमर्श भएको छ ।

मन्त्री श्रेष्ठले दुवै देश वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका राष्ट्रहरूको साझा संस्था ‘कोलम्बो प्रोसेस’ तथा आबुधाबी डायलगको सदस्य राष्ट्र भएकोले वैदेशिक रोजगारीमा जाने कामदारले रोजगारदाता देशमा भोग्नुपरेका समस्याका विषयमा साझा धारणा बनाउनुपर्ने बताए ।

मन्त्री श्रेष्ठले पर्यटकीय सम्भावना बोकेका दुई मुलुकबीच पर्यटक आदानप्रदान गरेर अर्थतन्त्रमा टेवा पुर्‍याउन सक्ने बताए ।