काठमाडौँ – आज (शनिबार) देशका विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमानले महाशाखाले जनाएको छ ।
प्रदेश १ र मधेस प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सफा रहेको छ ।
प्रदेश १ र मधेस प्रदेशका एक दुई स्थानहरूमा थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी आज राति प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १ का केही स्थानहरू र अन्य प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार सोमाबारसम्म मौसम यस्तो रहने अनुमानस्
आइतबार
दिउँसो स् प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक देखि मौसम सफा रहनेछ ।
प्रदेश १ र मधेश प्रदेशका धेरै स्थानहरू, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
सोमबार
दिउँसो स् प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ ।
प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश, गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली र वाँकी भू-भागहरुमा आंशिक देखि मौसम सफा रहनेछ ।
प्रदेश १ र मधेश प्रदेशका केही स्थानहरू, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।


प्रतिक्रिया