Breaking

संखुवासभाको भोटखोला जाने सडक अवरुद्ध


काठमाडौँ — संखुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । पहिरो खसेपछि संखुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर(दक्षिण सडक अवरुद्ध भएको हो । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका-३ सम्माटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले बताए ।

उक्त क्षेत्रमा दुई दिनदेखि लगातार वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको रजकले बताए । अवरुद्ध सडकको पहिरो हटाउन चारसम्म दिन लाग्ने उनको भनाइ छ ।

सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिकाका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सडक सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् ।