काठमाडौँ — वन पैदवार हानी नोक्सनी मुद्धाका फरार प्रतिवादीहरुलाई सिन्धुली प्रहरीले आठ वर्षपछि नियन्त्रणमा लिएको छ । जम्मा दशरदश दिन कैद सजाय तोकिएका मरिण गाउँपालिका ३ का ५६ वर्षिय वाङग्याल वाईवा र सोही ठाउँका ५९ वर्षिय आईते भन्ने कान्छामान विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
वाइवा र विश्वकर्मालाई वन पैदवार हानी नोक्सानि गरेको भन्दै २०७१ चैत्र १२ गते दशरदश दिनको कैद सजाय फैसला गरेको थियो ।
सोही मितिदेखि फरार रहेका वाइवा र विश्वकर्मालाई ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीको टोलीले मरिण गाउँपालिका-३ बरुण खोलाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिए ।
‘पक्राउ परेका दुबै जना प्रतिवादिहरुलाई फैसला कार्यान्वयनको लागि सिन्धुली अदालतमा दाखिला गरी करागार कार्यालय सिन्धुली थुनामा पठाइएको,’ लामाले बताए ।


प्रतिक्रिया